नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडाैं | असार २, २०७९
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर उकालो लाग्यो भने लगानी उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अङ्कले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह ०.०६ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीले रु १३ करोड ८८ लाख ९७ हजार १५१ बराबरको कारोबार गर्यो । त्यस्तै, एनसिसी बैंक रु १० करोड ३५ लाख चार हजार ७१५, सिभिल बैंक रु चार करोड ७१ लाख १९ हजार ७८५, एनआइसी एशिया बैंक रु तीन करोड ५७ लाख २३ हजार ३८३ र नबिल बैंक रु दुई करोड ५० लाख ४६ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।
नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रिभर फल्स पावर ९.९७, सामुदायिक लघुवित्त ९.९६, कालिका लघुवित्त ७.६९ र एनसिसी बैंकका लगानीकर्ताले ६.६५ प्रतिशतले कमाए । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ३.८०, राष्ट्र उत्थान लघुवित्त ३.४१, माउण्टेन इनर्जी नेपाल २.७२, कुमारी इक्विटी फण्ड २.१९ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ता २.०६ प्रतिशतले ओरालो लागे ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

