नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडाैं | असार २, २०७९
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर उकालो लाग्यो भने लगानी उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो । बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अङ्कले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह ०.०६ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीले रु १३ करोड ८८ लाख ९७ हजार १५१ बराबरको कारोबार गर्यो । त्यस्तै, एनसिसी बैंक रु १० करोड ३५ लाख चार हजार ७१५, सिभिल बैंक रु चार करोड ७१ लाख १९ हजार ७८५, एनआइसी एशिया बैंक रु तीन करोड ५७ लाख २३ हजार ३८३ र नबिल बैंक रु दुई करोड ५० लाख ४६ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।
नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रिभर फल्स पावर ९.९७, सामुदायिक लघुवित्त ९.९६, कालिका लघुवित्त ७.६९ र एनसिसी बैंकका लगानीकर्ताले ६.६५ प्रतिशतले कमाए । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ३.८०, राष्ट्र उत्थान लघुवित्त ३.४१, माउण्टेन इनर्जी नेपाल २.७२, कुमारी इक्विटी फण्ड २.१९ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ता २.०६ प्रतिशतले ओरालो लागे ।
ढोरपाटनः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्य...
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...

